एनएमबिको एआईमा आधारित ‘भिडीयो केवाईसी’ नेपाली बैंकिङ्ग जगतमै पहिलो

एनएमबिको एआईमा आधारित ‘भिडीयो केवाईसी’ नेपाली बैंकिङ्ग जगतमै पहिलो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एनएमबि बैंकले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ ।

एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरु देखी अन्त्यसम्मको पूर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो । ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्दछन् ।

‘एनएमबिले ग्राहकहरूको लागी नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दामाथी उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्दछन । हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोवार सहज बनाउनुको साथै सवै प्रकारको म्यानुअल कामलाईृ निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ्ग प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरण मैत्री बैंकिङ्ग प्रति प्रतिबद्धता परिपुर्ति गर्नु रहेको छ”, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भिकेवाईसीको लागी डिजीटल लिन्क https://vcc.nmb.com.np मा हेर्न सकिने बैंकले जनाएको छ ।