काठमाण्डु – नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ९० हजार ३ सयमा कारोबार भइरहेको छ ।
मंगलबार तेजाबी सुन प्रतितोला ८९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया