डिशहोम फाईवरनेटको ‘दिमाग हल्लिने अफर’: अब मात्र ८९९ मा १०० एमबिपिएस

डिशहोम फाईवरनेटको ‘दिमाग हल्लिने अफर’: अब मात्र ८९९ मा १०० एमबिपिएस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विगत ११ वर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाउन सफल डिश मिडिया नेटवर्क लिमिटेडले पछिल्लो समय ईन्टरनेट सेवालाई देशभर विस्तार गरिरहेको छ ।

ईन्टरनेट वितरणको सुरुवाती चरणमानै गुणस्तरीय र उत्कृष्ट सेवामार्फत उल्लेख्य ग्राहकहरुको रोजाईमा डिशहोम फाईवरनेट पर्न सफल भएको छ । अव ग्राहकहरुलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सवै भन्दा कम मुल्यमा डिशहोम फाईबरनेटले प्रदान गर्ने भएको छ ।

ग्राहकहरुले मासिक मात्र ८९९ मानै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमालिन सक्नेछन् । १०० एमबिपिएस ईन्टरनेट सवै भन्दा सस्तो मुल्यमा जडान गरि स्पेन घुम्न जाने मौका पनि ग्राहकहरुले प्राप्त गर्न सक्नेछन । २०७८ असोज ११ गते देखि “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालन भईरहेको छ ।

यो योजनाअन्तरगत डिशहोम फाईबरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्षप्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ ।