प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई

प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किसिदालाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री देउवाले मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत आफू उनीसँगै काम गर्न र नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउनका लागि तत्पर रहेको उल्लेख गरेका छन् ।

किसिदा सोमबार जापानको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।