अन्तर्राष्ट्रिय सम्मेलनमा तालिवानलाई रुसको निम्तो

अन्तर्राष्ट्रिय सम्मेलनमा तालिवानलाई रुसको निम्तो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – रुसले तालिवानलाई अफगानिस्तान मुद्धामा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा निम्तो गर्ने भएको छ । आगामी अक्टोवर २० मा रुसको राजधानी मस्कोमा आयोजित अफगानिस्तान सम्मेलनमा रुसले तालिवानलाई निम्तो गर्ने भएको हो ।

रुसले आयोजना गरेको सो सम्मेलनमा राष्ट्रपति भ्लाद्मिर पुटिनले तालिवानका विशेष प्रतिनिधि नेतालाई निम्तो दिने अन्तिराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

यहि अक्टोवर १२ मा हुन लागेको जी २० सम्मेलनमा अफगानिस्तानमा मानविय सहायताबारे छलफल गरिने र मस्कोको सम्मेलनमा सोहिअनुसार वार्ताअघि बढाइने जनाइएको छ । रुसले गत मार्चमा अफगानिस्तान मुद्धाबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।