विप्लव नेकपाका नेता चन्दको निधन

विप्लव नेकपाका नेता चन्दको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता चन्द्र बिक्रम चन्द बिरजंग को निधन भएको छ । लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेका बिरजंगको भारतको दिल्ली स्थित म्याक्सीस अस्पतालमा शुक्रबार विहान निधन भएको नेकपा श्रोतले बताएको छ ।

बिरजंग नेकपाका महासचिव नेत्र बिक्रम चन्दका सहोदर जेठा दाजु हुन् । जनयुद्ध कालमा तत्कालिन नेकपा माओवादीको पर्वत र बाग्लुङको ईन्चार्जको जिम्मेवारी निर्वाह गरेका बिरजंग पछिल्लो समय विप्लवले नेतृत्व गरेको नेकपाका केन्द्रीय सदस्य थिए ।

केही महिना अघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा भएका बिरजंग कारागारमा रहदा समेत पटक-पटक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए ।