केन्द्रीय सदस्य छनोटप्रति एकीकृत समाजवादीमा असन्तुष्टि

केन्द्रीय सदस्य छनोटप्रति एकीकृत समाजवादीमा असन्तुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा केन्द्रीय कमिटी विस्तारका क्रममा भएको सदस्य छनोटप्रति असन्तुष्टि देखिएको छ ।  केन्द्रीय सदस्य छनोट गर्नको लागि मापदण्ड बनाए पनि उक्त मापदण्ड लागू नभएको भन्दै सो पार्टीका युवा, विद्यार्थीहरूले असन्तुष्टि जनाएका हुन् ।  केन्द्रीय कमिटी सदस्य छनोट र कार्यविभाजनको लागि तय गरिएको मापदण्ड व्यक्ति विशेषमा लागू गरिएको नेकपा (एस) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताए ।

‘अहिलेदेखि नै गलत मानसिकताबाट व्यक्ति छनोटलाई रुचाउने परिपाटीबाट असलरसकारात्मक  अभ्यास गर्ने नयाँ संकल्प चाहिँ भन्ने मात्रको नारा होला होइन कमरेड ?’ अध्यक्ष पराजुलीले समाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्   । उनले केन्द्रीय कमिटी निर्माण गर्ने जिम्मा पाएका नेताहरूलाई आफ्नै अनुहार हेर्न भनेका छन् ।

 पराजुलीले फेसबुकमा आगाडि लेखेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी  (एकीकृत समाजवादी) केन्द्रीय कमिटी निर्माण गर्ने जिम्मा पाएका कमरेडले विधिरमापदण्डको मुहार र आफ्नो मुहार एकचोटी हेर्न अनुरोध गर्दछु  । प्रचारमा युवा मैत्री तर पार्टी संरचनारव्यवहारमा शून्यता म, मेरो, निजीलाई प्राथमिकता । कुण्ठाले मात्र पार्टी संरचनाको नेता हुन्छु भन्ने कलिलो सोच नदेख्दा नै राम्रो हुन्छ ।’

नेकपा (एस) का महासचिव डा. बेदुराम भुसाललगायतका नेताको टोलीले निर्वाचन आयोगमा सनाखत गरेबाहेक दुई सय केन्द्रीय सदस्य थप गरेको हो ।  पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले केन्द्रीय कमिटी विस्तार र नेताहरूको कार्य विभाजनमा नपरेकाहरूले असन्तुष्टि जनाएको आफूले पनि सुनेको भन्दै आगामी दिनमा त्यसलाई सच्याउँदै जाने जानकारी दिएका छन् ।