नेपालका भाइ नेकपा एसको केन्द्रीय सदस्यमा मनोनित, पार्टीमा मापदण्ड लागू नभएको भन्दै असन्तुष्टि

नेपालका भाइ नेकपा एसको केन्द्रीय सदस्यमा मनोनित, पार्टीमा मापदण्ड लागू नभएको भन्दै असन्तुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी ) को केन्द्रीय सदस्यमा सरोज कुमार उपाध्याय चयन भएका छन् । पार्टीमा केन्द्रीय सदस्य छनोट गर्न बनाएको मापदण्ड लागु नभएको भन्दै असन्तुष्टी बढिरहेका बेला अध्यक्ष माधव कुमार नेपालका कान्छा भाइ सरोज वैकल्पिक केन्द्रीय सदस्यमा चयन भएका हुन् ।

उनलाई पछिल्लो कार्य विभाजनमा विज्ञान प्रविधि विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । उनी केन्द्रीय कमिटीको ३ सय २३ औं नम्बरमा समेटिएका छन् । त्यसैगरी नेपालका भान्जा नितेश पौडेललाई केन्द्रीय परिषद सदस्य मनोनित गरिएको छ ।

यता केन्द्रीय कमिटी सदस्य छनोट र कार्यविभाजनको लागि तय गरिएको मापदण्ड व्यक्ति वेशेषमा लागु गरिएको भन्दै नेकपा (एस) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले असन्तुष्टि जनाएका छन् ।