एकीकृत समाजवादीमा झलनाथ खनाललाई सम्मानित नेताको दर्जा

एकीकृत समाजवादीमा झलनाथ खनाललाई सम्मानित नेताको दर्जा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले झलनाथ खनाललाई सम्मानित नेताको दर्जा दिएको छ । नेकपा (एस) ले हालै जारी गरेकाे अन्तरपार्टी निर्देशन (अपानीमा) मा खनाललाई सम्मानित नेताको दर्जा दिएको हो ।

यसअघि भने नेकपा (एस) ले खनाललाई बरिष्ठ नेता भन्दै आएको थियो ।  अध्यक्ष नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा केन्द्रीय कमिटी सदस्य संख्या विस्तार गर्दै गरिएको कार्यविभाजनमा खनाल विदेश विभाग प्रमुखको जिम्मेवारीमा रहेका छन् ।

नेकपा (एस)ले केन्द्रीय कमिटी विस्तार गर्नको लागि मापदण्ड तय गरेको थियो । तर केन्द्रीय कमिटी विस्तार र कार्यविभाजनमा सो मापदण्ड लागू नगरिएको असन्तुष्टि पार्टीभित्र बढिरहेको छ ।