क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्य अस्पताल भर्ना

क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्य अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य अस्पताल भर्ना भएका छन् । आइतबार अध्यक्ष वैद्यलाई स्वास्थ्यमा समस्या आएपछि थापाथलीस्थित नर्भिक नर्भिक अस्पतालमा भर्ना गरिएको हो । दम बढेर छातीमा पीडा भएपछि उनलाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।

अस्पतालका अनुसार दम बढेर उनलाई केही गाह्रो भएको र त्यसमै केन्द्रित भएर उपचार भइरहेको छ । अस्पताल ल्याएलगत्तै उनको छातीको एक्सरे गरिएको थियो, सो क्रममा सामान्य दागसमेत देखिएको अस्पतालले जनाएको छ ।

नेता वैद्य लामो समयदेखि दमबाट पीडित भएकाले आइतबार बिहान उनमा देखिएको समस्या गम्भीर नरहेकोसमेत चिकित्सकहरुले बताएका छन् ।