काठमाण्डु – नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा उक्त बैठक जारी रहेको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार आजको बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनअघि गर्नुपर्ने तल्ला तहका सम्मेलनहरुको कार्यतालिका तय गर्नेलगायतका एजेण्डा रहेका छन् ।
त्यसैगरी सरकारको समिक्षा गर्ने र अहिलेको सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्मै लैजानुपर्ने पक्षमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव राखेका छन् ।
कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ ।




प्रतिक्रिया