माओवादी केन्द्रकाे स्थायी कमिटी बैठकमा पार्टीको आगामी सम्मेलनबारे छलफल

माओवादी केन्द्रकाे स्थायी कमिटी बैठकमा पार्टीको आगामी सम्मेलनबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा ( माओवादी केन्द्र ) को सोमबार बसेको स्थायी कमिटी बैठक सकिएको छ ।

सोमबार पेरिसडाँडामा बसेको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरु गठनको विषयका बारेमा छलफल भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए ।

आज बसेको बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरु उठेको तर निष्कर्षमा भने नपुगेको प्रवक्ता महराले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान ८ बजे पुनः स्थायी कमिटीको बैठक बस्नेछ ।

त्यसैगरी आजको बैठकमा पार्टीका बारेमा उठेका कुराहरुको निर्णय भोलि बस्ने बैठकले गर्ने जनाइएको छ ।