वैद्यलाई भेट्न नर्भिक अस्पताल पुगे प्रचण्ड

वैद्यलाई भेट्न नर्भिक अस्पताल पुगे प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् ।

दम बढेपछि आइतबार बिहान नर्भिक अस्पताल भर्ना भएका वैद्यलाई भेट्न आज अध्यक्ष प्रचण्ड थापाथलीस्थित नर्भिक अस्पताल पुगेका हुन् । स्रोतका अनुसार प्रचण्डले वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।