काठमाण्डु – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी ) ले सात वटै प्रदेश कमिटी र प्रवाशका पदाधिकारीहरु चयन गरेको छ । अध्यक्ष नेपालले जारी गरेको अन्तर पार्टी निर्देशनमा प्रदेश कमिटीका इन्चार्ज,सहइन्चार्ज,अध्यक्ष,उपाध्यक्ष,सचिव र उपसचिवहरुको नाम चयन गरेको स्रोतले जनाएको छ ।
नेकपा (एस ) ले प्रदेश १ को अध्यक्षमा उदयपुरका पूर्व सांसद सुरेश कार्कीलाई नियुक्त गरेको छ । त्यसैगरी उपाध्यक्षमा खोटाङका प्रदेशसभा सदस्य राजन राई र सचिवमा मोरङका महेश रेग्मीलाई चयन गरेको छ । प्रदेश १ को इन्चार्जमा पूराना नेता घनेन्द्र बस्नेत चयन भएका छन् । वागमती प्रदेश कमिटीको अध्यक्ष सावित्रा भुसाल र सचिवमा काभ्रेका प्रदेशसभा सदस्य लक्ष्मण लम्साल चयन भएका छन् । इन्चार्जमा केदार न्यौपाने छन् ।
गण्डकी प्रदेश कमिटी अध्यक्षमा तुलवहादुर गुरुङ,उपाध्यक्ष रामजी प्रसाद शर्मा र सचिवमा प्रतापलाल श्रेष्ठ चयन भएका छन् । गण्कडी इन्चार्जमा चुडामणी जंगली छन् । प्रदेश २ को अध्यक्षमा सिरहाका पूर्व सांसद रामचन्द्र यादव चयन भएका छन् भने सचिवमा लक्ष्मण पौडेललाई जिम्मा दिइएको छ । इन्चार्जमा सिरहामै धर्मनाथ प्रसाद साह छन् ।
नेकपा (एस) ले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा मेटमणी चौधरीलाई चयन गरेको छ भने सचिवमा रुपन्देहीका राजु गुरुङ छन् । प्रदेश इन्चार्जमा भागवत विश्वासी छन् । त्यसैगरी कर्णाली प्रदेश कमिटीको अध्यक्ष तोक्न बाँकी रहेको जनाइएको छ । सचिवमा भने राष्ट्रियसभा सदस्य ठगेन्द्र प्रकाश पुरी र इन्चार्जमा उपमहासचिव प्रकाश ज्वाला चयन भएका छन् ।
नेकपा (एस) ले यता सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा विक्रम शाहीलाई चयन गरेको छ । उपाध्यक्ष हर्कवहादुर सिंह,शेरवहादुर कुँवर र सचिवमा दिनेशन्द्र सुवेदी छन् । इन्चार्ज गरिमा शाहलाई बनाइएको छ । त्यसैगरी नेकपा एसले प्रवास प्रदेशको इन्चार्जमा स्थायी कमिटी सदस्य श्रीप्रसाद साहलाई जिम्मा दिएको छ ।




प्रतिक्रिया