काठमाण्डु – नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बसिरहेको छ । मंगलबार पेरिसडाँडामा बसेको बैठकमा आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनलगायतका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
त्यसैगरी सोमबार बसेको स्थायी कमिटी बैठकमा उठेका विभिन्न कुराहरूको निर्णय आजको बैठकले गर्ने जनाइएको छ । माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।
राष्ट्रिय सम्मेलनअघि पार्टी कमिटीका तल्ला तहका अधिवेशनहरू गर्ने तयारीमा रहेको सो पार्टीले आगामी साता कार्तिक १३ गते वडा सम्मेलन गर्नेछ ।




प्रतिक्रिया