चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरूद्धको खोप दिने

चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरूद्धको खोप दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  चीनले नेपाललाई कोरोना भाइरस विरुद्धको थप २० लाख डोज खोप दिने भएकाे छ । मंगलबार परराष्ट्रमन्त्री नारायण खड्कासँग भएको टेलिफोन संम्वादमा चिनियाँ विदेशमन्त्री वाङ यीले थप २० लाख डोज कोरोना खोप अनुदान दिने प्रतिवद्धता जनाएको मन्त्रालयले जनाएकाे छ ।

टेलिफोन कुराकानीमा खड्का र यीबीच दुईपक्षीय सम्बन्ध, कोभिड–१९ विरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय, सीमा व्यवस्थापन र तातोपानी र रसुवागढी नाकाबाट थप कन्टेनर ल्याउन दिने विषयमा पनि छलफल भएको बताइएको छ । यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् ।चिनले यसअघि पनि नेपाललाई कोरोना खोप अनुदान दिएको थियो ।