बाढी पहिरो पिडितको उद्धार र राहतका लागि सरकारसँग अनेरास्ववियु क्रान्तिकारीको माग (विज्ञप्तिसहित)

बाढी पहिरो पिडितको उद्धार र राहतका लागि सरकारसँग अनेरास्ववियु क्रान्तिकारीको माग (विज्ञप्तिसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अनेरास्ववियु क्रान्तिकारीले देशका विभिन्न भागमा आएको बाढीका कारण मृत्यु भएका मृतकका परिवारलाई राहत र घाइतेको उपचार तुरुन्त गर्न सरकारसँग माग गरेको छ।

सत्तरुढ नेकपा माओवादी केन्द्रको विध्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति जारी गर्दै बाढी पहिरोबाट बेपत्ता भएकाहरुको खोजीमा तिब्रता दिन सरकारको ध्यानाकर्षण गराएकी छन्।

‘बाढीका कारण भएको मानविय तथा अन्य क्षतिको यथार्थ विवरण संकलन गरी तत्काल राहत प्याकेज घोषणा गर्न स्थानिय,प्रदेश तथा संघीय सरकारसँग जोडदार माग गर्दछौ।’विज्ञप्तिमा भनिएको छ,’बाढि पहिरो लगायत प्राकृतिक प्रकोप जस्ता शंकटको घडीमा अनेरास्ववियु क्रान्तिकारी सधैव जनताको शंकट समाधानको लागि जनतासँगै रहेको कुरा जगजाहेर छ।

यस शंकटको समयमा अनेरास्ववियु क्रान्तिकारीको सबै निकायमा रहेका नेता कार्यकर्ताहरुलाई उद्धार कार्यमा जुट्न निर्देशन गर्दै विपत जोखिम क्षेत्रका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन समेत आह्वान गर्दछौ।’ बाढी पहिरोका कारण समस्यामा परेका नागरिकहरुलाई सहयोगको लागि सहयोगीदाताहरुसँग क्रान्तिकारीले अपिल समेत गरेको छ।