उत्तम कुमार थापा\बझाङ – लगातार परेको भारी वर्षाका कारण बझाङमा पहिरोमा परी २३ जना बेपत्ता भएकाहरूकाे खाेजीका लागि नेपाली सेनाकाे हेलिकप्टरसहित उद्धार टोली बझाङ पुगेको छ । सोमबार राति अविरल वर्षाले थलारा गाउँपालिका वडा नं ४ डिख्लामा गएको पहिरोमा परी स्थानीय गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना बेपत्ता भएका हुन् ।
नेपाली सेनाको हेलिकप्टरमाफर्त पहिरोमा परेकाहरूको उद्धार र खोजी कार्यको लागि आवश्यक राहत र औषधि बोकेर उद्धार टोली घटनास्थल गइसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । प्रहरी र स्थानीयले खोजी कार्य जारी राखे पनि बेपत्ताहरूको अवस्था अझै अज्ञात रहेको छ ।
गगने सार्की रोजगारीका लागी भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र हाल सम्पर्कमा आएका छन्। उक्त गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका १७० परिवार विस्थापित भएका छन् भने सात घर पुरिएका छन् । तीन दिनदेखि संञ्चार सेवा पनि पूर्णरुपमा अबरुद्ध भएको छ । लगातार परेको भारी वर्षाका कारण सुदूरपश्चिमका डोटी डडेलधुरा र कञ्चनपुर बढी प्रभावित भएका छन् ।





प्रतिक्रिया