माओवादी स्थायी समितिको बैठक सुरु,यस्ता छन् ऐजेण्डा

माओवादी स्थायी समितिको बैठक सुरु,यस्ता छन् ऐजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । बैठक अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडांडामा सुरु भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समिक्षा हुनुको साथै संगठन विस्तार र पार्टीको महाधिवेशनको बारेमा छलफल हुनेछ ।

माओवादी अध्यक्ष दाहाल समेत अर्ली इलेक्सनको पक्षमा रहेको स्रोतको दावी छ । उनले त्यस बारेमा बुधवार प्रधानमन्त्री शेरबहादुर देउवा र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालसंग समेत छलफल गरेका थिए ।

माओवादी अर्लि इलेक्शन भएको खण्डमा तीनै तहका चुनाव एकै पटक गर्नुपर्ने पक्षमा रहेको बताइन्छ । आजको बैठकमा त्यसबारेमा समेत छलफल हुने सम्भावना छ ।