बागमती प्रदेशसभा बैठकको समय सारिएपछि एमाले पनि उपस्थित हुँदै  

बागमती प्रदेशसभा बैठकको समय सारिएपछि एमाले पनि उपस्थित हुँदै  

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेशसभाको बिहीबार बस्ने बैठकको समय सारिएको छ ।  आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे बस्ने गरी सारिएको हो ।

उक्त बैठकको समय सारिएपछि नेकपा एमालेका सांसदहरु पनि सहभागि हुने भएका छन् ।  यसभन्दा अघि एमालेले आजको बैठकमा उपस्थित नहुने जनाएको थियो । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा बैठक बोलाइएको हो ।

स्रोतका अनुसार मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा आजै मतदान हुने सम्भावना भने निकै कम रहेको छ ।