काठमाण्डु- नेकपा एमालेका उपाध्यक्ष भीम रालवलले १० बुँदे सहमति ‘एकतारे’ नभइ पार्टी एकता बचाउन बजाइएको ११ तारे विगुल भएको बताएका छन् ।
बिहीबार उपाध्यक्ष रावलले समाजिक सञ्जाल ट्वीटमार्फत नेकपा एमाले भित्रको विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति ‘एकतारे’ नभइ पार्टी एकता बचाउन बजाइएको ११ तारे विगुल भएको बताएका हुन् ।
बुधबार एमाले बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब १० बुँदेको ट्यान्ड्याङ धैरै नबजाउन भनेका थिए ।
अध्यक्ष ओलीको उक्त भनाइको रावलले जवाफ फर्काएका हुन् । ओलीलाई जवाफ फर्काएका रावलले स्वास्थ्यका लागि ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक भनेका छन् ।
उनले भनेको छन्, ‘१० बुँदे सहमति ‘एकतारे’ होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे बिगुल हो । यसको धुन संस्थागत भइसकेको छ । सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ । ’





प्रतिक्रिया