काठमाण्डु- नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बिहीबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा उक्त बैठक सुरु भएको हो ।
आज बसेको बैठकमा विधान महाधिवेशनको समीक्षा, कार्तिक ६ गते हुने वडा अधिवेशन, कार्तिक ९ गते हुने पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशनको बारेमा छलफल हुने स्रोतले जनाएको छ ।
त्यसैगरी स्रोेतका अनुसार लगातार परेको भारी वर्षाका कारण भएको जनधनको क्षतिका सम्बन्धमा पनि छलफल हुनेछ ।




प्रतिक्रिया