काठमाण्डु – नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने भएको छ । एमालेको बिहिवार बसेको स्थायी समिति बैठकले चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि एमालेको महाधिवेशन बुटवलमा हुने चर्चा थियो ।
महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन भएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवनमा महाधिवेशन गर्ने निर्णय गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एमालेले पुर्व माओवादी नेता बादललाई संयोजक बनाउनुको पछाडी उनलाई चितवनबाट प्रचण्डको विरुद्धमा उम्मेदवार बनाउन लागेको अर्थमा बुझिएको छ ।
बादलले यसअघि पार्टीले निर्णय गरे आफु चितवनबाट प्रचण्डसंग लड्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।




प्रतिक्रिया