काठमाण्डु – नेकपा एमालेका नेता प्रभु साहले आफू कुनै पनि हालतमा माओवादीमा नफर्किने बताएका छन् । नेता साहले आफु माओवादीमा फर्किन लागेको भनी चलाइएका हल्ला खारेज गर्दै जनयुद्ध र हजारौं शहीदको अपमान गरेर खिचडी संसदीय व्यवस्थामा कुर्सीको खेल चलाएका प्रचण्डसँग कुनै हालतमा एकता हुन नसक्ने बताएका हुन् ।
शुक्रबार उनले समाजिक सञ्जालमार्फत प्रचण्डले आफ्नो व्यक्तिगत स्वार्थका कारण माओवादी आन्दोनलाई टुक्रा टुक्रा गरी सिंगै देशलाई समेत अस्थिरताको खाडलमा धकेलोको आरोप लगाएका छन् ।
आफू क्रान्तिकारीहरूको ध्रुवीकरणको पक्षमा रहेको भन्दै प्रचण्डलाई असफल र अविश्वसनीय व्यक्ति भनेका छन् । नेता साह पछिल्लो समय एमालेमा पनि सक्रिय छैनन् । उनको ८ बुँदे माग एमालेले सम्बोधन गरेमात्र पार्टीमा क्रियाशील हुने बताएका छन् ।




प्रतिक्रिया