काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा सवार रहेको हेलिकप्टर मौसम खराब भएका कारण फेरि कञ्चनपुरतर्फ गएको छ । बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा रहेका प्रधानमन्त्री देउवासहितको टोलीले आज कैलालीको पश्चिम–पूर्वी भेगमा रहेका भजनी, टिकापुर र बर्दियाको राजापुर निरीक्षण गर्ने तालिका रहेको थियो ।
तर मौसम खराबीका कारण देउवा सवार हेलिकप्टर पुन: कञ्चनपुरतर्फ गएको हो । प्रधानमन्त्री देउवाले बिहीबार सुर्खेतबाट बझाङ, डोटी, डडेल्धुरा हुदै कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रको बाढीप्रभावित क्षेत्र अवलोकन गरेका थिए । प्रधानमन्त्री देउवाले बाढीप्रभावित क्षत्रको अवलोकन गर्नुका साथै समयमै राहत र क्षतीपूर्तीको व्यवस्था गर्ने बताएका छन् ।




प्रतिक्रिया