प्रधानसेनापति र श्रीलंकाका राजदूतबीच भेटवार्ता

प्रधानसेनापति र श्रीलंकाका राजदूतबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि श्रीलंकाली राजदूत हिमाली अरुणातिलकाबीच भेटवार्ता भएको छ । शुक्रबार जंगीअड्डामा भएको भेटवार्तामा दुई देशको आपसी हितका विषयमा कुराकानी भएको नेपाली सेनाले जनाएको छ ।

उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।