मिनुस्का मिसनमा रहेका नेपाली शान्ति सैनिकद्वारा विद्यालय पुननिर्माण

मिनुस्का मिसनमा रहेका नेपाली शान्ति सैनिकद्वारा विद्यालय पुननिर्माण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मिनुस्का मिसनमा रहेका नेपाली शान्ति सैनिकले विद्यालय पुननिर्माण गरेका छन् ।

सो मिसनमा तैनाथ रणशेर गण(शान्ति सेना) एचआरपीबी सातौं डफ्पाले मिनुस्कासँगको सहकार्यमा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा विद्यालय पूनर्निर्माण गरेको हो ।

डफ्पाले एटङ्गो इलाकामा रहेको स्थानीय विद्यालयको पूननिर्माण गरी हस्तान्तरण समेत गरेको नेपाली सेनाले जनाएको छ ।

कोभिड–१९ को सम्पुर्ण मापदण्डहरु पालना गरी संचालन भएको उक्त कार्यक्रममा स्थानीय मेयर, शिक्षा मन्त्रालयका अधिकारी र स्थानीय प्रमुखहरुको उपस्थिती रहेको सेनाले जनाएको छ । सोही अवसरमा उक्त ईलाकामा तैनाथ नेपाली शान्ति सैनिक युनिटकोतर्फबाट कोभिड–१९ रोकथामका सुरक्षात्मक सामग्रीहरुलगायत शैक्षिक सामग्रीहरु समेत उपलब्ध गराईएको थियो ।

उक्त समारोहलाई सम्बोधन गर्ने क्रममा स्थानीय मेयरले उक्त पुनः निर्माणले स्थानीय विद्यार्थीहरुको शैक्षिक क्रियाकलापमा ठूलो टेवा पुग्ने विश्वास गर्दै मिनुस्कामा नेपाली शान्ति सैनिकहरुले गर्दै आईरहेको जनहितका कार्यहरुबाट स्थानीय जनता तथा शान्ति सैनिकबीच विश्वासको वातावरण सृजना भएको धारणा व्यक्त गरेको सेनाले जनाएको छ ।