राष्ट्रपति भण्डारीलाई चार राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

राष्ट्रपति भण्डारीलाई चार राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालका लागि एक आवासिय र तीन गैर आवासिय राजदूतले ओहोदाको प्रमाणपत्र बुझाएका छन् । शुक्रबार ब्राजिल, इटाली माल्टा र दक्षिण अफ्रिकाका राजदूतले शीतल निवासमा आयोजीत एक समारोहमा राष्ट्रपति भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएका हुन ।

नेपालमा ब्राजिलको दूतावास रहेको छ । अन्यको भने अर्को मुलुकबाट नेपाल नियाल्ने गर्छ । ब्राजिलका कार्लोस अल्वेर्टो मिसायल्सेन डेन हर्टोग नेपालका लागि आवासिय राजदूत हुन् । उनले ओहोदाको प्रमाणपत्र बुझाउँदै नेपाल र ब्राजिलकको सम्बन्धको बारेमा राष्ट्रपतिसँग सक्षीप्त कुराकानीसमेत गरेका थिए ।

इटालीका गैरआवासिय राजदूत भिन्सेन्जो डे लुका, माल्टाका रौबेन गौसी र दक्षिण अफ्रिकाका जोइल सिबुसिसो न्डेबेलेले पनि ओहोदाको प्रमाणपत्र बुझाएर छुट्टा छुट्टै दुईपक्षीय विषयमा संक्षीप्त कुराकानीसमेत गरेका थिए ।