काठमाण्डु – धनुषा र सर्लाहीका प्रहरी प्रमुखको काज सरुवा गरिएको छ ।
धनुषाका प्रहरी उपरीक्षक (एसपी) प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालय र सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको हो । उनीहरु दुवैलाई काजमा खटाइएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकारले जानकारी दिए ।
धनुषामा प्रहरी प्रधान कार्यालयबाट प्रहरी उपरीक्षक बसन्त रजौरे र सर्लाहीमा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई खटाइएकाे छ ।




प्रतिक्रिया