फुलकोर्ट बहिस्कार गरेका न्यायाधीशहरूको छुट्टै बैठक जारी

फुलकोर्ट बहिस्कार गरेका न्यायाधीशहरूको छुट्टै बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतको आजको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कारको निर्णय लिएका न्यायाधीशहरूको बैठक जारी छ ।

बैठक साेमबार जारी रहेकाे एक जना न्यायाधीशले जानकारी दिए । सर्वोच्चमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित २० न्यायाधीश रहे पनि एक जना मुलुक बाहिर र चार जना उपत्यका बाहिर छन् । १४ जना न्यायाधीशहरू छलफलमा जुटेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली, कार्यक्षमता र नियतमाथि सडकमा प्रश्न उठेपछि न्यायाधीशहरूले फुल कोर्ट बहिस्कारको निर्णय गरेका थिए । आजको बैठकले भावि रणनीतिबारे थप निर्णय लिनेछ । प्रधानन्यायाधीश जबराले आइतबार न्यायाधीश र नेपाल वार एसोसियसनका पदाधिकारीसँग छलफल गरेर फुलकोर्ट डाकेका थिए ।