नयाँ बानेश्वरको बीच सडकमा भेटियो गहिरो खाल्डो (फाेटाेफिचर)

नयाँ बानेश्वरको बीच सडकमा भेटियो गहिरो खाल्डो (फाेटाेफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानीको नयाँबानेश्वरको व्यस्त सडक भत्किएर ठुलो खाल्डो बनेको छ । नयाँबानेश्वर-तीनकुनेअन्तर्गत सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालयबीचको सडकमा सडक भत्किएर ठुलो खाल्डो बनेको हो ।

झण्डै १५ फिट गहिरो खाल्डो बनेको अनामनगर प्रहरी वृत्तले जनाएको छ । सुरुमा सानो खाल्डो देखिएको ठाउँमा काठमाडौं सडक डिभिजन कार्यालयको एक्स्काभेटरले सडक कोपर्दै जाँदै भित्र ठुलो खाल्डो भेटिएको हो । उक्त खाल्डो भर्न सडक विभागका कर्मचारी खटिएका छन् ।