गृह मन्त्रालयले भन्यो : परिचयपत्र नभएकालाई कोठा भाडामा नदिनू

गृह मन्त्रालयले भन्यो : परिचयपत्र नभएकालाई कोठा भाडामा नदिनू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले परिचयपत्र बिनाका मानिसलाई कोठा भाडामा नदिन आग्रह गरेको छ । विदेशी नागरिक सीमा नाकाबाट घूसपैठ गरी नेपाल आएर बस्न थालेपछि गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै परिचयपत्र बिनाका कसैलाई पनि घर/कोठा/अपार्टमेन्ट भाडामा नदिन सार्वजनिक रुपमै अपिल गरेको हो ।

साेमबार मात्रै ११ जना अफगान नागरिक भारतको बाटो हुँदै गैरकानुनी रुपमा भैरहवाबाट काठमाण्डु आई ‘शरणाथी’ बनेर लुकिछिपी बसेको खुलेको थियो । परिचयपत्र बिनाका कसैलाई पनि काममा समेत नलगाउन गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बझिाएकोले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई घर, अपार्टमेन्ट, फल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरुलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ । साथै कोही पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग गरिदिनु हुनसमेत अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।