काठमाण्डु – नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका छन् ।
निगमका अध्यक्ष शुसील घिमिरेले राजीनामा दिएपछि रिक्त रहेको पदमा सोमबार बसेको मन्त्रीपरिषद वैठकले अधिकारीलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको हो । अधिकारी यसअघि निगमबाटै केही वर्षअघि निर्देशक पदबाट अवकाश पाएका थिए ।
निगममा हाल कार्यकारी अधिकार प्रवन्ध निर्देशक डिमप्रसाद पौडेलसँग छ । उनलाई कमजोर बनाउने गरी सरकारले अधिकारीलाई ल्याएको हो ।




प्रतिक्रिया