काठमाण्डु – चीनबाट १० लाख २० हजार डोज भेरोसेल खोप बुधबार नेपाल आइपुगेको छ । नेपाल सरकारले कोभ्याक्ससँगको कस्ट-सेयरिङमा खरिद गरेको कोरोना भाइरसविरुद्धको खोप आज काठमाण्डु आइपुगेको हो ।
सरकारले कोभ्याक्ससँग कस्ट-सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेको थियो । सोही अनुसार पहिलो लटमा आज १० लाख २० हजार डोज खोप आएको हो । खोपलाई टेकुस्थित भण्डारणमा राखिएको छ ।




प्रतिक्रिया