काठमाण्डु – सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले वडा तथा नगरको अधिवेशनको समय सारेको छ । बेमौसमी वर्षाका कारण बाढी र पहिरोबाट प्रदेशका सबै जिल्ला प्रभावित बनेपछि एमालेले अधिवेशनको समय सारेको हो । एमाले प्रदेश सचिव राजेन्द्र रावलका अनुसार बाढी पहिरोले कम क्षति गरेको जिल्लाका केही वडामा भने अधिवेशन सम्पन्न भएको छ ।
देशका अधिकांश जिल्लामा एमालेको नगर र वडा अधिवेशन सम्पन्न भए पनि सुदूरपश्चिम प्रदेशमा १२ र १५ कात्तिकमा मात्रै वडा तथा नगरको अधिवेशन हुने भएको हो बुधबार एमाले सुदूरपश्चिम प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दै १२ र १५ गते अधिवेशन सम्पन्न गर्न जिल्लाका अध्यक्ष तथा प्रदेशका सदस्यहरूलाई सहजीकरणका लागि निर्देशन दिएको छ ।





प्रतिक्रिया