काठमाण्डु – नेकपा एकीकृत समाजवादीले केन्द्रिय कमिटी सदस्यहरु हेरफेर गरेको छ । दश दिन नबित्दै नेकपा एसले बुधबार सर्कुलर मार्फत केन्द्रीय का सदस्यहरु थकमिटीपघट गरेको जानकारी दिएको हो ।
प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार यसअघि केन्द्रीय कमिटीमा समावेश भएका केही नेताहरु एमालेमै फर्किएपछि उनीहरुको ठाउँमा नयाँ सदस्य थपेर केन्द्रीय कमिटीलाई पूर्णता दिइएको हो ।
पुनर्गठनमा प्रेस चौतारीका सचिव अमृत तिमल्सिना समेत केन्द्रीय सदस्य बन्न सफल भएका छन् भने मन्जु यादव लगायतको वैकल्पिक केन्द्रीय सदस्यबाट बढुवा भएको छ ।
काभ्रेका मुकुन्द गौतम, डोटीका हर्कबहादुर सिंह, बाजुराका हिक्मतजंग शाही लगायत नयाँ केन्द्रीय सदस्य थपिएका छन् । केन्द्रीय सदस्य थपिएसँगै कार्यविभाजन समेत गरेर पठाइएको छ ।
यस्तो छ कार्यविभाजन र नेतृत्व




प्रतिक्रिया