काठमाण्डु – सुरक्षा निर्देशनालयले राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओलाई फिर्ता बोलाएको छ । दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोल बुधबार सिंहदरबारस्थित कार्यकक्षामै पड्केपछि सुरक्षा निर्देशनालयले भारतीलाई फिर्ता बोलाएको हो ।
के कसरी गोली पड्क्यो भन्ने बिषयमा खुलिसकेको छैन । तर, भारतीले पेस्तोल चलाइरहेका बेला एक्कासी गोली चलेको उपाध्यक्ष दाहाललको सचिवालयले जनाएको छ ।
नेपाल प्रहरीको सिंहदरबार सुरक्षा इकाइले के कसरी गोली चलेको भन्ने विषयमा सोधपुछ तथा अनुसन्धान गरिरहेको जनाइएको छ । भारती करिव तीन महिनाअघि दाहालको पीएसओ नियुक्त भएकी थिइन् । उनले चलाएको पेस्तोल पड्किएपनि गोली कोही कसैलाई पनि लागेको छैन ।




प्रतिक्रिया