काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । उनीहरुबीच आगामी कात्तिक १५ वा १६ गते भेट हुने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
स्कटल्यान्डको ग्लास्गो सहरमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) का क्रममा हुने ‘साइडलाइन’ वार्तामा प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच भेटवार्ता हुन लागेको हो । भेटवार्ताले दुवै देशबीचको सम्बन्ध सुधार गर्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री देउवा शुक्रबार स्कटल्याण्ड जाँदैछन् । सम्मेलनको अवसरमा देउवाले कात्तिक १४ र १५ गते वर्ल्ड लिडर समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अक्टोबर ३१ देखि १२ नोभेम्बरसम्म स्कटल्यान्डको ग्लास्गो सहरमा कोप–२६ सम्मेलन चल्नेछ । देउवाले नेपालका तर्फबाट जलवायुका मुद्दाहरुलाई सम्मेलनमा प्रस्तुत गर्नेछन् ।




प्रतिक्रिया