काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ। बैठक सुरु हुनासाथ एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै चर्को नाराबाजी गरेका हुन् ।
एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार मुर्दावाद, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, कालोधन वैधानिक बनाउन पाइँदैन, गैर सांसदलाई निषेध गर’ जस्ता नारा लगाइरहेका छन् ।
यता सभामुख अग्नी प्रसाद सापकोटाले प्रतिपक्षी दलका सांसदहरुको नाराबाजीका बीच बैठक सुचारु गरेका छन् । उनले बैठकलाई नियमित ढंगले अगाडि बढाएका हुन् ।




प्रतिक्रिया