काठमाण्डु – सरकारले संसद अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकले संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्षा सिफारिस गर्ने तयारी गरेको हो ।
प्रतिनिधिसभाको नवौं र राष्ट्रिय सभाको दशौं अधिवेशन अन्त्यका लागि सत्ता गठबन्धनबीच सहमति बनिसकेकाले आजको बैठकले सिफारिस गर्ने एक मन्त्रीले जानकारी दिए ।
साथै कानूनमन्त्री दीलेन्द्र प्रसाद बडुले अधिवेशन अन्त्यबारे सभामुख अग्नि प्रसाद सापकोटासँग छलफल गरिसकेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार प्रतिनिधि र राष्ट्रियसभा अवरोध गर्दै आइरहेको छ । निरन्तरकाे अवराेधका कारण संसद प्रभावकारी रुपमा सञ्चालन नभएकाले अधिवेशन अन्त्य गर्ने तयारी भएको हो ।




प्रतिक्रिया