राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) का बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेता पाण्डेलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । बुधबार प्रदेश प्रमुख शर्माले आज दिउँसो ३ बजेसम्मको लागि मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने समय दिएका थिए ।

पाण्डेलाई एकीकृत समाजवादीसँगै कांग्रेस र माओवादीका सांसदहरुले समर्थन गरेका छन् । पाण्डेको शपथ आजै दिउँसो ३ः३० बजे हुँदैछ । त्यस्तै उनले आजै चार सदस्यीय सरकार गठन गर्ने भएका छन् ।