नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ, तीन जना मन्त्री नियुक्त

नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ, तीन जना मन्त्री नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । नेकपा (एकीकृत समाजवादी) का बागमती प्रदेश संसदीय दलका नेता पाण्डेले मुख्यमन्त्रीको शपथ लिएका हुन् ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेता पाण्डेलाई मुख्यमन्त्रीको शपथ गराएका हुन् । मुख्यमन्त्री पाण्डेसहित तीन जना मन्त्रीलाई पनि शपथग्रहण गरेका छन् ।

पाण्डेले बिहीबार नै सानो आकारको मन्त्रिपरिषद् समेत गठन गरेका छन् । पाण्डेको मन्त्रिपरिषदमा माओवादी केन्द्रका तर्फबाट कुमारी मोक्तान, नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल र एकीकृत समाजवादीबाट कृष्ण खनाल मन्त्री बने‍का छन् ।

मोक्तानलाई सामाजिक विकास, भँडेललाई भौतिक पूर्वाधार र शर्मालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बुधबार प्रदेश प्रमुख शर्माले आज दिउँसो ३ बजेसम्मको लागि मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने समय दिएका थिए । पाण्डेलाई एकीकृत समाजवादीसँगै कांग्रेस र माओवादीका सांसदहरुले समर्थन गरेका छन् ।