राष्ट्रपतिद्वारा संघीय संसदका दुवै अधिवेशन अन्त्य

राष्ट्रपतिद्वारा संघीय संसदका दुवै अधिवेशन अन्त्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद्का दुवै सदनका अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको अधिवेशन अन्त्य गरेकी हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि सिफारिश गरेको थियो । सोही बमोजिम राष्ट्रपति भण्डारीले आज राति १२ बजेदेखि लागू हुने गरी संसदका दुवै अधिवेशन अन्त्य गरेकी हुन् ।

बिहीबार बसेको संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक २९ गतेसम्मका लागि बैठक स्थगित भएको बताएका थिए । त्यस्तै राष्ट्रिय सभाको बैठक पनि असोज २५ गतेपछि डाकिएको छैन ।