पूर्वाधार विकास मन्त्री लम्सालसँग भारतीय राजदूत दलेलाको भेटवार्ता

पूर्वाधार विकास मन्त्री लम्सालसँग भारतीय राजदूत दलेलाको भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग भेटवार्ता गरेका छन् ।

भेटमा नेपाल–भारतबिच पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्य थप विस्तार गर्ने विषयमा छलफल भएको छ ।

भारतीय राजदूत दलेलाले नेपाल सरकारका पूर्वाधार विकासमन्त्री लम्सालसँग भेट गरी पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल गरेका हुन् ।

भेटका क्रममा दुवै पक्षले बहुआयामिक नेपाल–भारत साझेदारीलाई थप अघि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपालस्थित भारतीय दूतावासले सार्वजनिक गरेको जानकारीअनुसार भेटवार्तामा पूर्वाधार विकास र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई अझ गहिरो बनाउने विषयलाई प्राथमिकता दिइएको थियो ।