ह्वावेद्धारा आइओईका विद्यार्थीको लागि मोबाइल एप उद्योग र भविष्य बिषयमा वेबिनारको आयोजना

ह्वावेद्धारा आइओईका विद्यार्थीको लागि मोबाइल एप उद्योग र भविष्य बिषयमा वेबिनारको आयोजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाणडु – ह्वावेले इन्जिनियरिङ् इन्स्टिच्युट (आइओइ) का विद्यार्थीको लागि मोबाइल एप उद्योग र भविष्यकाे बिषयमा वेबिनारको आयोजना गरेकाे छ । मँगलबार ह्वावेले आफ्नो डिजिटल प्रतिभा विकास इकोसिस्टम पहलको एक भागको रूपमा, इन्जिनियरिङ् इन्स्टिच्युट (आइओइ) का विद्यार्थीहरूको लागि मोबाइल एप उद्योगको भविष्य बिषयमा वेबिनार गरेकाे हाे ।

वेबिनारले ह्वावे र (आइओइ) बीचको शैक्षिक मोर्चामा सहकार्यको सुरुवात समेत गरेको छ । कार्यक्रममा वक्ताहरुमा (आइओइ) बाट एसोसिएट प्रोफेसर डा. बसन्त जोशी, ह्वावे नेपालका सिइओ विलियम झाङ, ह्वावे ईन्डिया का एसोसिएट उपाध्यक्ष मुरली वी, ह्वावे ईन्डिया बाट सिस्टम आर्किटेक्ट अभिषेक, र ह्वावे ईन्डियाबाट रेबन्त थिए ।

ह्वावे नेपालका सीईओ विलियम झाङले नेपालमा ह्वावेको योगदानको बारेमा कुरा गरे र नेपालको डिजिटल अर्थतन्त्रलाई गति दिन डिजिटल प्रतिभालाई तालिम दिने ह्वावेको योजनाबारे छलफल समेत गरे। (आइओइ) बाट डा. बसन्त जोशीले सहयोगको लागि ह्वावेलाई धन्यवाद दिए र ह्वावेसँग दिर्घकालिन सहयोगको आश्वासन दिए। उनले वेबिनारको सक्दो सदुपयोग गर्न पनि विद्यार्थीहरुलाई आग्रह गरे ।

मुरली वी, ह्वावे ईन्डियाका एसोसिएट उपाध्यक्षले त्यसपछि ह्वावे मोबाइल सेवाहरू, यसका सुविधाहरू, इच्छुक विकासकर्ताहरूको लागि दर्ता प्रक्रिया, र ह्वावे समुदायको योगदानका सम्भावनाहरू तथा अन्य कुराहरूका बारेमा कुरा गरे । उनले ह्वावेद्वारा प्रस्तावित एचएमएस – ५ हप्ताको फाउन्डेशन कोर्सको बारेमा पनि स्पष्ट चित्र दिए ।

पाठ्यक्रम नि:शुल्क,तथा प्रशिक्षकद्वारा नेतृत्व गरी सन्चालन गर्ने तालिम, सर्टिफिकेसन कार्यक्रम हो जुन ह्वावेले विद्यार्थीहरूको सीप वृद्धि गर्न र उनीहरूलाई उद्योगको लागि तयार पार्न कुनै शुल्क नलाग्ने गरी प्रदान गर्दछ। उनले यस कार्यक्रमका फाइदाहरू को पनि व्याख्या गरे जुन संकायका सदस्यहरूले पनि लिन सक्दछन ।

“सर्टिफिकेसन र तालिम कार्यक्रम पूरा गर्ने विद्यार्थीले उद्योगलाई तयार र उद्योग सान्दर्भिक बनाउनुपर्छ”, मुरलीले जोड दिए। उनले एचएमएसद्वारा समर्थित टूलकिटहरू चलाए जसमा मेसिन लर्निङ किट, स्क्यान किट, लोकेशन किट आदि समावेश थिए। यी सबैलाई कुइक डेमोले पनि समर्थन गरेका थिए।

ह्वावे डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न नेपालमा उत्कृष्ट डिजिटल प्रतिभाको पालनपोषण गर्न प्रतिबद्ध छ र प्रतिभाशाली जनशक्तिको जग निर्माण गरेर नेपालको डिजिटल अर्थतन्त्रलाई सक्षम बनाउने आशा राख्दछ।