प्रधानमन्त्री देउवा र बेलायती सांसदहरूबीच भेटवार्ता, दुई देशबीचको सम्बन्धबारे छलफल

प्रधानमन्त्री देउवा र बेलायती सांसदहरूबीच भेटवार्ता, दुई देशबीचको सम्बन्धबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्यहरुले भेटवार्ता गरेका छन् । हाउस अफ लर्डसका सदस्य स्वराज पल, शेख र लेडी शेखले नेपाली राजदूतावासमा प्रधानमन्त्री देउवाँसँग शिष्टाचार भेट गरेका हुन् ।

उनीहरूबीच नेपाल–बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको भ्रमण दलका सदस्य परराष्ट्र सचिव भरतराज पौड्यालले बताए ।द्विपक्षीय सम्बन्धका जानकार बेलायती सांसदले दुई देशबीच सम्बन्ध प्रगाढ तुल्याउन आफूहरूबाट सबै किसिमको सहयोग रहिरहने आश्वासन दिएका थिए ।

उनीहरुले बेलायतको संसद्मा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आएका छन् । प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्ध विस्तारका साथै त्यसलाई प्रवद्र्धन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै बेलायत सरकारबाट निरन्तरुरूपमा प्राप्त सहयोको सराहना गरेको सचिव पौड्यालले बताए ।