प्रधानन्यायाधीशलाई शम्भु थापाको प्रश्न : बारले माग्दा राजीनामा नदिने तपाई को हो ?

प्रधानन्यायाधीशलाई शम्भु थापाको प्रश्न : बारले माग्दा राजीनामा नदिने तपाई को हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल बार एसोसियशनमा पूर्वअध्यक्ष शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

आइतबार बार एसोसिएशनले सर्वोच्च परिसरमा आयोजना गरेको धर्ना कार्यक्रममा बोल्दै थापाले न्यायालय भनेको पशुपतिनाथजस्तै पवित्र संस्था रहेको र बारले मागिसकेपछि प्रधानन्यायाधीशले अपरिहार्य राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले सम्मानपूर्वक राजीनामा माग गरेको भन्दै बारले मागिसकेपछि राजीनामा नदिने तपाई को हो ? भन्दै प्रधानन्यायाधीशलाई प्रश्न गरे ।

‘न्यायालय पशुपतिनाथ जस्तै हो । त्योभित्रको तपाई (प्रधानन्यायाधीश) मुल भट्ट हो । तर, तपाईले मुल भट्टले जसरी काम गर्न सक्नुभएन,’ उनले भने, ‘त्यसैले तपाईले राजीनामा दिनुपर्छ । न्यायालयको संरक्षक नेपाल बार हो, जब बारले तपाईंको राजीनामा मागिसक्यो, राजीनामा नदिने को हो तपाईं ? ।’

वरिष्ठ अधिवक्ता समेत रहेका थापाले प्रधानन्यायाधीशले न्यायालयमा विद्यमान दुषित प्रक्रियालाई बन्द गर्न नसकेको र सधैँभरि त्यसलाई टार्ने हिसाबबाट अघि बढेको आरोप लगाए । उनले सेवाग्राही जत्तिकै कानुन व्यवसायी पनि मर्कामा रहेको बताए ।