न्यायालय विवाद : न्यायाधीशद्धय सिन्हा र मल्लले पनि गरे इजलास बहिस्कार

न्यायालय विवाद : न्यायाधीशद्धय सिन्हा र मल्लले पनि गरे इजलास बहिस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतका दुई न्यायाधीशले पनि इजलास बहिस्कार गरेका छन् । न्यायाधीशद्धय अनिल कुमार सिन्हा र सपना मल्ल प्रधानले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले तोकेको इजलास बहिस्कार गरेका हुन् । इजलास बहिष्कार गरेसँगै सर्वोच्चमा इजलास बहिष्कार गर्ने न्यायाधीशको संख्या १७ पुगेको हो ।

यसबाहेक २ जना न्यायाधीशहरु भने विदामा बसेका छन् । बिदामा बसेका न्यायाधीशहरु तेजबहादुर केसी र ईश्वर खतिवडा तिहारअघि उपस्थित हुने छैनन् । आइतबार सर्वोच्चमा वकिलहरुले भर्ना दिएका छन् ।

प्रधानन्यायाधीश राणाले वर्तमान सत्तागठबन्धनसँग भागबण्डा खोजेको, सर्वोच्च अदालतको गरिमा जोगाउन नसकेकोजस्ता आरोप लगाउँदै अन्य न्यायाधीशहरुले राजीनामा मागिरहेका छन् । त्यस्तै वकिलहरुको संगठन नेपाल बारलगायतका संस्थाले समेत राणाको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन् ।