सर्वोच्चका न्यायाधीशहरुको बैठक : प्रधानन्यायाधीशसँग वार्ता गर्न तीन सदस्यीय टोली गठन

सर्वोच्चका न्यायाधीशहरुको बैठक : प्रधानन्यायाधीशसँग वार्ता गर्न तीन सदस्यीय टोली गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  आन्दोलनरत न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणासँग वार्ता गर्ने भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको आइतबार बसेको बैठकले सोमबार प्रधानन्यायाधीश राणासँग वार्ता गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश राणासँग वार्ता गर्न ३ सदस्यीय टोलीसमेत गठन गरिएको छ । जसमा न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मा रहेका छन् । उनीहरुले आज दिउँसो ३ बजे प्रधानन्यायाधीश राणासँग छलफल गरेका गरेका छन् । उनीहरुले प्रधानन्यायाधीशसँग न्यायाधीशहरूको असन्तुष्टीका बुँदा पहिल्याएर तीनै बुँदाका आधारमा सोमबार एकपटक वार्ता बस्ने निर्णय गरेका हुन् ।

प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका न्यायाधीशहरुले वार्तापछि प्रधानन्यायाधीश जबराको बर्हिगमन कसरी सहज हुन्छ भन्ने विषयमा छलफल गर्ने बताइएको छ । न्यायाधीशहरुले इजलास बहिस्कार गर्दै आइरहेका बेला प्रधानन्यायाधीश राणाले भने पेसी तोक्दै मुद्दामा सुनुवाई गर्दै आइरहेका छन् ।