षड्यन्त्र गरेर हटाउन खोजियो, म सम्मानजनक बहिर्गमन चाहन्छु : प्रधानन्यायाधीश राणा

षड्यन्त्र गरेर हटाउन खोजियो, म सम्मानजनक बहिर्गमन चाहन्छु : प्रधानन्यायाधीश राणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले आफुले सम्मानजनक बहिर्गमन चाहेको बताएका छन् । आइतबार आन्दोलनरत न्यायाधीशहरुद्धारा गठिन वार्ता टोलीसँग छलफल गर्दै प्रधानन्यायाधीश राणाले षड्यन्त्र गरेर हटाउन खाजिएको भन्दै आफुले संबैधानिक र सम्मानजनक बिदाई चाहेको बताएका हुन् ।

प्रधानन्यायाधीशले पदको गरिमा राख्न नसकेको भन्दै सर्वोच्चका १७ न्यायाधीशसहित नेपाल बार एसोशिएन र अन्य कानुन व्यवसायी आन्दोलनमा उत्रिएका छन् । चौतर्फी राजीनामा दिनुपर्ने माग उठेपछि अप्ठ्यारोमा परेका जबराले आफूले सम्मानजनक बर्हिगमन चाहेको बताएका स्रोतले बतायो ।

स्रोतका अनुसार जबराले सम्मानजनक निकासका विकल्प खोज्न पनि न्यायाधीशहरुलाई भनेका छन् । उक्त छलफलका क्रममा दुई पक्षबीच सोमबारदेखि नै बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ अघि बढाउनेबारे पनि कुरा भएको छ । वार्ता टोलीका सदस्यहरुले छलफलका क्रममा जबरालाई सम्मानित ढंगले बाहिरिन सुझाएका छन् । तर त्यसका विकल्पबारे उनीहरुले ठोस धारणा दिइसकेका छैनन् ।

आन्दोलनरत न्यायाधीशहरुले प्रधानन्यायाधीश राणासँग छलफल गर्ने जिम्मा अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई दिएका छन् । उनीहरुले आइतबार दिउँसो ३ बजे प्रधानन्यायाधीश राणासँग छलफल गरेका थिए ।